२६ जेठ २०८३, मंगलबार

शिक्षकको आन्दोलनले माइतीघरदेखि तीनकुनेसम्म जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

असोज ४, २०८०
काठमाडौं
शिक्षकको आन्दोलनले माइतीघरदेखि तीनकुनेसम्म जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

शिक्षकको आन्दोलनका कारणले काठमाडौंको बानेश्वरलगायतका क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । 

बुधबारदेखि शिक्षकहरूले शिक्षा विधेयक कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै गरेको आन्दोलनले गर्दा नयाँ बानेश्वर, माइतीघर, पुतली सडक, तीनकुने, सिँहदरबार क्षेत्रमा सवारी साधनहरु गुड्न पाएका छैनन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले ती क्षेत्रमा जाम भएपछि अर्को रुटमा सवारी साधनहरुलाई मोडिएको छ । 

ट्राफिक प्रहरीले वैकल्पिक सडक र करिडोहरूको सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्