बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।
जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
उनीहरूले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् ।
प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भीभो, ओपो, रेडमी, सामसङलगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो ।
उनीहरू सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए ।