
माओवादी लडाकु पृष्ठभूमिका नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको सेवा अवधि ३ वर्ष थप गरिएको छ ।
सेनाका अनुसार सहायक रथी विशेष पदमा कार्यरत अधिकारीको सेवा अवधि २०८० भदौ ३१ गते समाप्त हुने भएपछि सोही मितिबाट लागू हुने गरी म्याद थप गरिएको हो ।
सैनिक ऐन तथा नियमावलीका आधारमा यस्तो निर्णय गरिएको सेनाले बिहीवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
तत्कालीन माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये अधिकारी सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत हुन् । उनी २०७६ मा महासेनानी (कर्णेल)बाट सहायक रथीमा बढुवा भएका थिए ।
अधिकारी विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उप सेनानी बनेका थिए । त्यसको केही समयमै उनी महासेनानी बन्न सफल भएका थिए ।
युद्धकालमा उनको नाम प्रतीक्षा थियो ।
