२९ जेठ २०८३, शुक्रबार

सरकार र आन्दोलनरत शिक्षकबीच आज पुन: वार्ता हुँदै

असोज ५, २०८०
काठमाडौं
सरकार र आन्दोलनरत शिक्षकबीच आज पुन: वार्ता हुँदै

सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज (शुक्रबार) पुन: वार्ता हुँदैछ । बिहीबार रातिसम्मको छलफल निष्कर्षविहीन बनेपछि आज पुन: छलफल हुन लागेको हो ।

सरकार र आन्दोलनरत शिक्षकबीच बिहान ८ बजे वार्ता हुने कानुन मन्त्री धनराज गुरुङले जानकारी दिए । ‘हिजो मागबारे बुँदागत रूपमा छलफल भयो । छलफल सकारात्मक भएको छ’, उनले भने, आज बिहान ८ बजे फेरि बैठक बस्छ । बिहानसम्म टुंगिन्छ । सहमति भएपछि स्कुल पनि खुल्छ ।’

विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले दुई दिनदेखि राजधानीमा आन्दोलनरत गरिरहेका छन् । 

यसअघि शिक्षकहरूलाई सहमतिमा ल्याउने प्रयास स्वरूप गृह मन्त्रालयमा बिहीबार रातिसम्म चलेको वार्ता निष्कर्षविहीन बनेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्तामा शिक्षकहरूले आफूहरूको १८ बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्