
साउदी प्रो लिगअन्तर्गत ब्राजेलियन स्टार नेयमारसम्मिलित अल हिलालले लगातार अंक बाढेको छ । बिहीबार राति दमक क्लबविरुद्ध अल हिलालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
अल हिलालले खेलको नवौं मिनेटमा माल्कोमको गोलमार्फत् अग्रता बनाएको थियो । ६८औं मिनेटमा घरेलु टोलीबाट निकोलाइले बराबरी गोल गरेका हुन् ।
अल हिलालका स्टार खेलाडी नेयमारसँगै एलेक्जान्डर मिट्रोभिच गोलविहिन रहे । एएफसी च्याम्पियन्स लिगको पछिल्लो खेलमा अल हिलाल उज्वेकिस्तानको नाभ्बाहोरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यस्तै एनगोलो कान्टेको विजयी गोलमा अल इत्तिहादले अल फातेहलाई २-१ ले हराएको छ । बिहीबार राति भएको खेलमा पुनरागमन जितसँगै इत्तिहाद शीर्षस्थानमा उक्लिएको छ ।