२७ जेठ २०८३, बुधबार

डिजिटल बैंक खोल्न सरकारले प्रक्रिया अघि बढाउँदै

असोज ५, २०८०
काठमाडौं
डिजिटल बैंक खोल्न सरकारले प्रक्रिया अघि बढाउँदै

सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । 
अर्थमन्त्री   डा.   प्रकाशशरण   महतको   अध्यक्षतामा   हालै   सम्पन्न   वित्तीय   क्षेत्र   उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो । समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय  संस्थासम्बन्धी  ऐन  र  नेपाल  धितोपत्र  बोर्डसम्बन्धी ऐनहरू संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय पनि गरेको छ । त्यस्तै वित्तीय मध्यस्थता लागत  कम  गर्ने  सम्बन्धमा  गर्नुपर्ने  सुधारको  विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने समितिको निर्णय रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्