
कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले साँच्चै सुशासन दिने हो भने न्यायाधीश, भीसी र प्राध्यापकलाई दलीय कोटाबाट भर्ती गर्न बन्द गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै बरालले यो देशमा पार्टीले नेता कार्यकर्तालाई न्यायाधीश, भीसी र प्राध्यापक बनाउँदा समस्या आएको बताएका हुन् ।
‘यो देशमा पार्टीका नेता कार्यकर्तालाई न्यायाधीश बनाउने गरेका छौं । विश्वविद्यालयको भीसीहरू हाम्रा झोले र कार्यकर्तालाई बनाइरहेका छौं । प्राध्यापक त्यस्तै बनाउने गरेका छौं । अनि सुशासनको परिकल्पना गरेका छौं’ असल शिक्षाको र न्यायको परिकल्पना गरेका छौं', उनले भने, 'ती वर्गमा तहमा राजनीतिक परिकल्पनाको शून्य बनाउन अभियानमा जुट्नुपर्छ । तबमात्रै हामी सुशासन दिन सक्छौं ।’
शिक्षकको आन्दोलन चलिरहेको भन्दै उनले संविधान बमोजिमका माग पूरा गर्न पनि आह्वान गरेका छन् ।
‘उहाँहरूका पनि पीडा होलान् । संधिवान जारी भएको मूल मर्मलाई नकुल्चने गरी उनीहरूका माग सम्बोधन गर्न जरुरी छ ।’ बरालले भने ।