२३ जेठ २०८३, शनिबार
शिक्षकको आन्दोलन

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता

असोज ५, २०८०
काठमाडौं
आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।

शिक्षा विधेयकको विरोधमा आन्दोलन गरिरहेका शिक्षकसँग सरकारले आज बिहानै छलफल गर्ने भनेको थियो । तर दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता दिउँसोमात्रै शुरु भएको हो ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राईलगायत उपस्थित छन् ।

शिक्षकहरू बुधबारदेखि आन्दोलनमा छन् । 

शिक्षकको आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रवार पनि सवारी आवागमन ठप्प भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्