२८ जेठ २०८३, बिहीबार

सुपरहिट चलचित्र ‘झिंगेदाउ’ डिशहोममा प्रदर्शन

असोज ५, २०८०
काठमाडौं
सुपरहिट चलचित्र ‘झिंगेदाउ’ डिशहोममा प्रदर्शन

वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् ।

विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन् ।​​

डिशहोममा अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गतेदेखि प्रदर्शन भइरहेको छ । 

साथै छक्का पञ्जा ४, प्रकाश, कृष्ण लीला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरू डिशहोम सिनेमाघरको साथै प्लस मुभी र रमाइलो टीभीमा प्रदर्शन हुनेछन् ।​

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ ।

३ महिना अथवा एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नेछन् ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिस्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ ।

थप जानकारीका लागि १६६०–०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने डिशहोमले जनाएको छ ।​

डिशहोमको यो प्रयासले सपरिवारसँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । 

यस्तै नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्