
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट शुरू हुँदैछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शुक्रबार चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।
प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँगसमेत भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ । १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दैछन् । उनले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्युयोर्क गएका थिए । न्युयोर्कबाटै चीन भ्रमणमा गएका प्रचण्ड असोज १३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।