१४ असार २०८३, आइतबार

बर्दियामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

असोज ६, २०८०
बर्दिया
बर्दियामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

उनका अनुसार मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला थारूलाई माटोको ढिस्कोले पुरेको थियो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्