२२ जेठ २०८३, शुक्रबार

नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छः नवनिर्वाचित अध्यक्ष चन्द

असोज ६, २०८०
काठमाडौं
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छः नवनिर्वाचित अध्यक्ष चन्द

नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् ।

क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । 

‘आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ,’ उनले भने । अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताए । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्