२८ जेठ २०८३, बिहीबार

एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

असोज ६, २०८०
काठमाडौं
एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा भव्य समारोहबीच उद्घाटन गरेका छन् । 

चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन् । 

चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरेका छन् ।

सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असद पहिलो पटक चीन भ्रमणमा आएका हुन् । 
 
कार्यक्रममा कम्बोडिया, कुवेत, नेपाललगायत देशका नेताको उपस्थिति रहेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्