२७ जेठ २०८३, बुधबार

‘पशुपति प्रसाद २ - भष्मे डन’ : विपीन र स्वस्तिमा अभिनीत गीत ‘प्रेम शरणम्...’ सार्वजनिक

असोज ७, २०८०
काठमाडौं
‘पशुपति प्रसाद २ - भष्मे डन’ : विपीन र स्वस्तिमा अभिनीत गीत ‘प्रेम शरणम्...’ सार्वजनिक

आगामी कार्तिक ४ गते अर्थात् बडा दशैँको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्...’ सार्वजनिक गरिएको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता विपीन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । 

दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ । 

सुशील पौडेल र कृष्ण भारद्वाजको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ । र्यापको समिश्रण रहेको गीतमा प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी छ । 

‘पशुपति प्रसाद’को मृत्युपश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो । 

दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिन र स्वस्तिमाका अलावा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । 

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् ।

salt training

कमेन्ट गर्नुहोस्