०८ साउन २०८३, शुक्रबार

तीन वटै सुरक्षा निकायका प्रमुखसहित ​कोशी प्रदेश जाँदै गृहमन्त्री श्रेष्ठ

असोज ७, २०८०
काठमाडौं
तीन वटै सुरक्षा निकायका प्रमुखसहित ​कोशी प्रदेश जाँदै गृहमन्त्री श्रेष्ठ
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तीन वटै सुरक्षा निकायका प्रमुखसहित काेशी प्रदेश जाने भएका छन् । 

प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि ती वटै सुरक्षा निकाय प्रमुख र गृहमन्त्रीसहितको टोली कोशी प्रदेश जान लागेको हो । 

पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र त्यहाँका सांसदसहितको टोली जान लागेको हो ।​​

उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी आजदेखि ३ दिनका लागि जान लागेको स्रोतले लोकान्तरलाई बतायो ।

salt training

कमेन्ट गर्नुहोस्