प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।
भारतमा हुने १३ औं इन्डो–प्यासिफिक सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली सेनाका अनुसार असोज ८ देखि १० गतेसम्म भारतको नयाँदिल्लीमा हुने सम्मेलनमा शर्माले सहभागिता जनाउनेछन् ।
सम्मेलनमा ३५ देशका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।
नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
भारत र अमेरिकाका सेनाहरूको सह-आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम रहेको सेनाले जनाएको छ ।