२५ जेठ २०८३, सोमबार

विश्व पर्यटन दिवसको पोखरामा तयारी

असोज ७, २०८०
काठमाडौं
विश्व पर्यटन दिवसको पोखरामा तयारी

पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्य रुपमा मनाउने तयारी गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको जानकारी गराए ।

पोखरा पर्यटन परिषद्को आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गर्न लागिएको उनले बताए  ।

कार्यक्रमकै अवसरमा मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय सञ्चारकर्मीहरू पोखरा आउन लागेको जानकारी दिँदै उनले उक्त अवसरमा विशेष अतिथिका रुपमा भारतीय राजदूत नवीन श्रीवास्तव आउनुहुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्