१० साउन २०८३, आइतबार

गण्डकीका केही ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

असोज ८, २०८०
काठमाडौं
गण्डकीका केही ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?
फाइल तस्वीर

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै राति कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। 

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्