२२ जेठ २०८३, शुक्रबार
दुर्घटना

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

असोज ८, २०८०
काठमाडौं
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलानजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनामा एक जना गम्भीर घाइते छन् । उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको उनले बताए । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्