१९ असार २०८३, शुक्रबार

शिक्षक आन्दोलनबारे कार्यबाहक प्रधानमन्त्री खड्का- नमिलेका विषय मिल्दै जान्छन्

असोज ८, २०८०
काठमाडौं
शिक्षक आन्दोलनबारे कार्यबाहक प्रधानमन्त्री खड्का- नमिलेका विषय मिल्दै जान्छन्
फाइल तस्वीर

कार्यवाहक प्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शिक्षक महासंघसँग भएको सम्झौतापछि शिक्षकका धेरै विषय सम्बोधन हुने क्रममा रहेको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकसँगको सहमतिबारे जानकारी गराउँदै मन्त्री खड्काले आन्दोलनपछि सहज वातावरणमा वार्ता गरेर सम्झौता गरेको दाबी गरे । 

‘शिक्षक महासंघको आह्वानमा शिक्षक आन्दोलनमा उत्रिएका थिए । १६/१७ प्रकृतिका, शिक्षक छन् । यी सबैको छाता संग्ठनका महासंघ हो । एक महिनाअघि प्रधानमन्त्रीको निर्देशनमा वार्ता भएको थियो । कतिपय विषय मिलेका थिए,’ खड्काले भने, ‘नमिलेका कुरा यी-यी छन् भनेर ज्ञापनपत्र दिएको भए समस्या हुने थिएन । वार्ता हुने क्रममा कर्मचारीसँग कुरा गर्दिनँ भनेपछि दुई/तीन दिन वार्ता गरेर उहाँहरूका मागबारे गृहमन्त्रीको अगुवाइमा वार्ता र छलफल भयो ।’

महासंघअन्तर्ग सबै अध्यक्ष वार्तामा सहभागी भएको र सम्झौता भएको उनको दाबी छ । ‘महासंघअन्तर्गत सबै अध्यक्ष वार्तामा सहभागी हुनुहुन्थ्यो । त्योअनुसार धेरै कुरा सम्बोधन गरिएको छ । विधेयक संसदमा दर्ता भएको छ । यो कुरा प्रमुख सचेतकलाई पनि सूचना दिएका छौं । समन्वय गरिएको छ । संसदको प्रक्रियामा जाँदा दलका प्रमुख सचेतकलाई भन्छौं । संसोधनको प्रक्रियामा पनि कतिपय कुरा सम्बोधन हुन्छन्’ खड्काले भने, ‘नियमावली, कार्यविधि, अर्थमन्त्रालयको सर्कुलरले पनि सम्झौता कार्यान्वयन गर्दै जाने सहमति भएको छ । सम्झौतामा सरकारले दायाँबायाँ गर्दैन । कार्यविधि, सरकारको निर्णय, अर्थ मन्त्रालयले गर्ने काम गरेपछि प्रधानमन्त्री फर्किएपछि अगाडि बढाउने समझदारी मन्त्रीबीच भएको छ ।’

मिल्न बाँकी शिक्षकका समस्या पनि मिलाउन आफूहरू तयार रहेको उनले बताए । ‘यो विधेयक संसदको प्रक्रिया छ । सरकार र संसद् मिलेर अगाडि बढाउने हो । अरु के-के मिलाउन सकिन्छ ती विषय मिलाउँछौं भनेका छौं’ खड्काले भने, ‘जो–जो भेट्न आउनुभएको छ । सकारात्मक कुरा गरेर पठाएको छ । फेरि आन्दोलनरत शिक्षकसमक्ष यो सन्देश पुग्छ ।’

तर संविधानसँग नमिल्ने, अर्थतन्त्रले नधान्ने मागमा सरकार नगल्ने पनि उनले बताए । ‘संगठन र क्रान्तिकारीबाहेक हाम्रै शिक्षक संघले नै मलाई आलोचना गरे । ताली र गाली राजनीतिमा भइनै रहन्छ । विस्तारै शिक्षक गुरुले कुरा बुझ्दै जानुभयो’ खड्काले भने, ‘महासंघभित्रको आन्तरिक कुरा के छ प्रवेश गर्नु हुँदैन । केही राहत, पेन्सन, बालशिक्षकसँग सहमति भएको छैन । अन्याय भयो भनेर दुई तीन देखि सडकमा हुनुहुन्छ । हामी मिल्नेसम्मका विषयलाई समेट्दै जान्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्