३० जेठ २०८३, शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण

नेपाल–चीनबीच भएका सम्झौतामा के छन् ?

असोज ८, २०८०
काठमाडौं
नेपाल–चीनबीच भएका सम्झौतामा के छन् ?

नेपाल र चीनबीच १२ सम्झौता र १ सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमवार बेइजिङमा भएको द्विपक्षीय वार्तापछि ती सम्झौतामा हस्ताक्षर भएको हो । 

राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय योजना तथा रिफर्म कमिसनबीच सहकार्य गर्नेसम्बन्धी एमओयूमा नेपालका तर्फबाट आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

नेपालको अर्थ मन्त्रालय र चीनको नेसनल डेभलेपमेन्ट एन्ड रिफर्म कमिसनबीच डिजिटल अर्थतन्त्र प्रबर्द्धनसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यस्तै वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्बन उत्सर्जन घटाउने र हरियाली वृद्धि गर्नेसम्बन्धी अर्को सम्झौतामा हस्ताक्षर भएको छ । 

कृषि मन्त्रालय अन्तर्गत कृषि र पुशपन्छीको विकाससम्बन्धी सम्झौतामा नेपालका तर्फबाट पशुपन्छी विकास सचिव रेवतीरमण पौडेलले हस्ताक्षर गरेका छन्, जसमा कृषि, पशुपालन र मत्स्यपालनमा सहयोग र सहकार्यको विषय उल्लेख छ ।

यस्तै औषधिजन्य वनस्पति चीन निर्यातसम्बन्धी अर्को सम्झौतामा हस्ताक्षर भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत एकअर्काका प्राचीन ग्रन्थहरू अनुवाद र प्रकाशनसम्बन्धी सम्झौता पत्रमा राजदूत श्रेष्ठले नै हस्ताक्षर गरेका छन् । 

शिक्षा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अर्को सम्झौतामा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले हस्ताक्षर गरेका छन् । 

यस्तै प्रकोपसँग जुध्न आवश्यक सामग्री र मानव संशाधनसम्बन्धी लेटर अफ एक्सचेन्जमा राजदूत श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्