१० साउन २०८३, आइतबार

चन्द्र भण्डारीको प्रश्न– नेम्वाङको दाहसंस्कार गर्न पर्खिनुपर्‍यो अरु नेपालीको अवस्था के होला ?

असोज ८, २०८०
काठमाडौं
चन्द्र भण्डारीको प्रश्न– नेम्वाङको दाहसंस्कार गर्न पर्खिनुपर्‍यो अरु नेपालीको अवस्था के होला ?

नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले सभामुख र पटकपटक मन्त्री भइसकेका सुवासचन्द्र नेम्वाङको दाहसंस्कार गर्न पर्खिनुपरेको भन्दै अरु नेपालीको अवस्था के होला भन्दै प्रश्न गरेका छन् । 

केन्द्रीय समितिको बैठकमा बोल्दै भण्डारीले विदेश जानेको लर्को लागिरहेको सन्दर्भमा केही दिनअघि निधन भएका नेम्वाङको लास उठाउन दुईदिन लागेको सन्र्दभमा यस्तो बताएका हुन् । 

‘सभामुख र पटकपटक मन्त्री भइसक्नुभएका सुवास नेम्वाङ, जसका जसका दुवै छोरा विदेशमा हुनुहुन्थ्यो । जसका कारण दाहसंस्कार गर्न पर्खिनुपर्यो । अरु नेपालको अवस्था के होला ?,’ भण्डारीले प्रश्न गरे । 

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र सबैतिर अन्योलता देखिएको भन्दै उनले जिम्मेवारी बन्नुपर्ने बताए । 

राजनीतिक, सामाजिक सबै समस्याको समाधान कांग्रेसले दिनुपर्ने उनको भनाइ छ । पछिल्लो समय पार्टीका संगठन चलायमान भइरहेको पनि उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्