२५ जेठ २०८३, सोमबार

धनुषामा कांग्रेसले खाता खोल्यो, औरहीको अध्यक्षमा विजयी

कात्तिक २०, २०७४
धनुषामा कांग्रेसले खाता खोल्यो, औरहीको अध्यक्षमा विजयी

जनकपुर, ५ असोज– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहजिल्ला धनुषामा नेपाली कांग्रेसले जीतको खाता खोलेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार धनुषाको औरही गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । औरहीको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादव २५६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर शाह १९०४ मत प्राप्त गरे ।

औरहीको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भए । उपाध्यक्षमा नेपाली कांग्रेसकी मीरा सहनी २४९४ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी नन्दकुमारी ठाकुरले १८३१ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्