×

सरसर्ती २४ घण्टा

बालेन असहमत हुँदा ईः को आन्दोलन लम्बियो

काठमाडाैं | असोज १०, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा  निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः पक्षधर र काठमाडौँ महानगरपालिकाबीचको बुधबारको वार्ता निष्कर्षविहीन बनेको छ । 

दुई पक्षबीचको वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगर प्रमुख बालेन शाहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागी एक अभियन्ताले बताए । 


Advertisment

ई र उनका सहकर्मीहरूले फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ८ दिनदेखि राष्ट्रिय सभागृहको मूल गेटमा उभिएर प्रदर्शन गर्दै आएका छन् । 


Advertisment

सहमतिको चौथो बुँदाको ड्राफ्टमा साबिकमा फुटपाथ तथा  सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने उल्लेख थियो । 

यस्तै कोटेश्वर चोकबाट जडीबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत पछाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्र समेतमा दसैँ तथा तिहार र छठ सम्मको लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरूलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने पनि उल्लेख थियो । 

तर, त्यसलाई संशोधन गर्दै मेयर शाहले साबिकको फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेको व्यवसायीहरूका लागि एक हप्ताभित्र उपयुक्त स्थान पहिचान गर्न महानगरपालिकाले पहल गर्ने बताएपछि मंगलबारको वार्ता निष्कर्षविहीन बनेको ती अभियन्ताको भनाइ छ । सहमति नभएपछि राष्ट्रियसभा गृहअगाडि ईःको आन्दोलन लम्बिएको छ । सो वार्तामा बालेन सहभागी नभएका थिएनन् । उनले प्रतिनिधिस्तरमा भएको वार्ताको ड्राफ्ट आफूले पाएपछि अस्वीकार गरेको बताइएको छ ।


यसैबीच ईःको आन्दोलनप्रति राजनीतिक दलसहित विभिन्न पक्षको समर्थन बढिरहेको छ । मेयर बालेन शाहले ईः को माग पुरा गर्न गम्भीरता नदेखाएको कतिपयले टिप्पणी समेत गरेका छन् । 
००००
काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ ।
उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 
००००
नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । 

विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए।
००००
सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमाथि मुद्दा नचल्नुको कारण सरकारसँग माग गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दर्ता गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले असोज ७ गते महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ माग गरेको हो ।
००००
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले विस्तार गरेको पदाधिकारी तथा केन्द्रीय समितिलाई लिएर पार्टीभित्र व्यापक असन्तुष्टि सिर्जना भएको छ ।
धेरैजसो आन्दोलनकारीलाई स्थान नदिएको, पार्टीकै पूर्वपदाधिकारीहरूलाई नसमेटेको तथा आफ्नो परिवार, आफन्त, नातागोतालाई मात्र प्राथमिकतामा राखेपछि लोसपाभित्र व्यापक असन्तुष्टि बढेको हो ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । 
गृह मन्त्रालयमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
००००
जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
००००
नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा बुधबारदेखि निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् ।
बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि निर्वाचन कार्यक्रम तय भएको निर्वाचक मण्डलका सदस्य रामेश्वर फुयाँलले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुनेछ । 
००००
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौँको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौँको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ ।
००००
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो। 
००००
कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज पेश गरिने भएको छ । 
००००
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् ।  काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलवार नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो ।
 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x