३० असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवरको भ्रमण गर्ने

असोज १०, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवरको भ्रमण गर्ने
फाइल तस्वीर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्समार्फत् स्थानीय समयानुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् ।

गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको थियो । आज साँझ प्रम प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । 

सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नेछन् । तिब्बतमा रहँदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमणसमेत गर्ने कार्यक्रम छ । 

ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्