११ साउन २०८३, सोमबार

राजस्व छलीको आशंकामा विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा

असोज १०, २०८०
काठमाडौं
राजस्व छलीको आशंकामा विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा

राजस्व छलीको आशंकामा भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हानेको छ । 

नेपालका खर्बपति व्यापारी चौधरीले स्थापना गरेको सहायक कम्पनी सीजी कर्प ग्लोबलको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलवारदेखि आयकरले छापा मारेको हो ।

गुवाहाटीस्थित आयकर विभागको टोलीले चौधरीको कम्पनीमा छापा मारेर कागजात जफत गरेको छ । 

स्थानीय टेलिभिजन ‘सच बेधड़क’ले सीजी कर्पको कार्यालयमा छापा हानेको भिडियो फूटेज समेत सार्वजनिक गरेको छ । उसले विनोद चौधरीलाई ‘राजस्थानी मूलका’ एक मात्र नेपाली अर्बपति भनेको छ । 

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले छापा हान्ने कामको नेतृत्व गरिरहेका छन् ।

ठूलो मात्रामा राजस्व छलीको आशंकामा विशेष टोली बनाएर छापा हानिएको स्थानीय आयकर अधिकारीहरूले जनाएका छन् । 

आयकर विभागको टोलीले मंगलवार बिहानैदेखि अनुसन्धान गरिरहेको छ ।

null

चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही शुरू गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख गरेका छन् । 

सिजी ग्रुप ग्लोबलको सहायक कम्पनी सिजी फूड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फूड पार्कको प्रमुख संस्थापक हो ।  

उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फूड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारिएको छ ।

चौधरीको सीजी कर्पसँगै ठूलो मात्रामा अन्य भारतीय कम्पनीमाथि पनि राजस्वले छापा हानेको छ ।

कुनैबेला नेपालको बजारमा चाउचाउको एकलौटी बजार बनाएका चौधरीले नेपालमा कमाएको पैसा विदेश लैजान शुरू गरेका थिए ।

उनले आफ्नो व्यवसायलाई भारतलगायत तेस्रो मुलुकमा शिफ्ट गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा निमन्त्रणा पाउने चौधरी नेपालका एक्ला व्यवसायी हुन् । 

नेपालको संसद् सदस्य समेत रहेका चौधरीको कम्पनीमाथि राजस्व छलि आशंकामा छापा मारिएसँगै सीजी कर्प भारतमा समेत विवादमा तानिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्