२३ जेठ २०८३, शनिबार

एमाले प्रदेश अधिवेशन: मतदाता नामावलीमा दाबी-विरोध धेरै, उम्मेदवारी मनोनयन एक घण्टापछि

असोज १०, २०८०
काठमाडौं
एमाले प्रदेश अधिवेशन: मतदाता नामावलीमा दाबी-विरोध धेरै, उम्मेदवारी मनोनयन एक घण्टापछि

नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । बुधबार बिहान पार्टी केन्दीय कार्यालय च्यासमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयलगायत कार्यक्रम सार्वजनिक गरिएको हो ।

निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । 

बुधवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्न कार्यतालिका सार्वजनिक गरिएको छ ।

तर, मतदातामा नामावलीमा धेरै दाबी विरोध आएको छ । नामावलीमा धेरै दाबी विरोध आएपछि त्यसले उम्मेदवारी मनोनयनमा केही ढिलाइ हुने देखिएको छ । मतदाता नामावलीमा धेरैको गुनासो आएपछि उम्मेदवारी मनोनयन एक घण्टापछि मात्रै शुरू हुने निर्वाचन समितिले जनाएको छ । 

१६ ठाउँबाट उम्मेदवारी मनोनयन हुने व्यवस्था मिलाइएको छ ।

भृकुटीमण्डपमा उद्‌घाटन र प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र भएको अधिवेशनको मतदान भने ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा गर्ने तयारी छ ।

अहिलेसम्म अहिलेका अध्यक्ष केशव पाण्डे तथा कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको आग्रह गरे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्