३१ असार २०८३, बुधबार

'कानून नबन्दा जनताले सङ्घीयताको अनुभूति गर्न पाएका छैनन् तर कार्यान्वयनमा सरकार प्रतिबद्ध छ'

असोज १०, २०८०
सुर्खेत
'कानून नबन्दा जनताले सङ्घीयताको अनुभूति गर्न पाएका छैनन् तर कार्यान्वयनमा सरकार प्रतिबद्ध छ'

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । 

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए । साथै कानून बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।

उनले सङ्घीय शिक्षा ऐन संसद्‌मा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामती र प्रहरीसम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए ।

“चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्”, उनले भने, “गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।”

salt training

कमेन्ट गर्नुहोस्