१० साउन २०८३, आइतबार

जहाज खरिद प्रक्रिया अन्तिम चरणमा छ, कुनै किसिमको अनियमितता हुँदैन : पर्यटनमन्त्री किराँती

असोज १०, २०८०
काठमाडौं
जहाज खरिद प्रक्रिया अन्तिम चरणमा छ, कुनै किसिमको अनियमितता हुँदैन : पर्यटनमन्त्री किराँती
फाइल फोटो

​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सको जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

४४औं विश्व पर्यटन दिवसका अवसरमा बुधवार लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले जहाज खरिद गर्न लागिएको बताए । 

मन्त्री किराँतीले भने, “जहाज खरिदका  विषयमा नकारात्मक टिप्पणी भइरहे पनि पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।”

निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर, अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् ।

salt training

कमेन्ट गर्नुहोस्