
नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल सहित चार नेताको उम्मेदवारी परेको छ ।
अध्यक्षमा उम्मेदवारी दिनेमा ढुंगेल र दाहालसहित केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ छन् । चार जनाको उम्मेदवारी परे पनि ढुंगेल र दाहालबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।
केहीबेरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बिहीवार बिहान ८ बजेबाट निर्वाचन हुनेछ ।