२१ जेठ २०८३, बिहीबार
आजको मौसम

देशका अधिकांश भागमा चट्याङसहित वर्षाको सम्भावना

असोज ११, २०८०
काठमाडौं
देशका अधिकांश भागमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको सूचनामा जनाइएको छ ।

आज देशका अधिकांश भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । 

‘कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा भनिएको छ ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्