१९औं एसियाली खेलकुदअन्तर्गत बिहीबारसम्म ६१० पदक छिनोफानो भएको छ ।
यो समाचार तयार पार्दासम्म चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित १ सय ६९ पदक प्राप्त गरेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्य गरी ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौं स्थानमा छ । थाइल्यान्ड ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित १८ पदकका साथ साथ छैटौं स्थानमा उक्लिएको छ ।
यस्तै हङकङ चाइना ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३२ पदक प्राप्त गर्दै सातौं स्थानमा रहेको छ ।
चाइनिज ताइपेइ ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४ पदकका साथ आठौं, इरान ३ स्वर्ण, ९ रजत र १० कास्यसहित २२ पदक प्राप्त गर्दै नवौं तथा दक्षिण कोरिया ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १० औं स्थानमा रहेका छन् ।
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ । नेपालले खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।
सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ ।