२१ जेठ २०८३, बिहीबार

रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्यो, आयात घट्यो

असोज १२, २०८०
रुकुम पश्चिम
रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्यो, आयात घट्यो
फाइल फोटो

रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

जिल्लाका ६ वटै स्थानीय तहमा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाको सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए ।

उनका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्रीवितरण भएको थियो । माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको कार्यालयले जनाएको छ । ​

चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झन्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ ।

जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए । चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए । 

आव २०७९/०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे । सेरिगाउँबाट हरेक हप्ताको आइवार र बिहीवार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ । 

प्रतिकिलो रु ९ का दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्