३१ जेठ २०८३, आइतबार

दुई नम्बरमा जोगियो बाबुरामको ‘बिउ’ ! नयाँ शक्तिले कहाँ जित्यो ?

कात्तिक २०, २०७४
दुई नम्बरमा जोगियो बाबुरामको ‘बिउ’ ! नयाँ शक्तिले कहाँ जित्यो ?

काठमाडौं ५ असोज– प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तहको निर्वाचनमा केही वडाहरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले जीत हासिल हासिल गरेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ को वडाध्यक्षमा नयाँ शक्तिका उम्मेदवार चुनचुन साहसहित प्यानल नै विजयी भएको छ । यस्तै रौतहटको माधवनारायण गाउँपालिका– ३ मा नयाँ शक्तिका राजकुमार यादव वडाअध्यक्षमा विजयी भएका छन् ।

मतगणना जारी रहेका अन्य केही वडाहरुमा पनि नयाँ शक्तिका उम्मेदवार अगाडि छन् । स्थानीय तहको पहिलो चरणको चुनावमा नयाँ शक्तिले रसुवामा एउटा गाउँपालिकामा जीत हासिल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्