![भड्किलो बन्दै एमाले प्रदेश अधिवेशन, मतदानस्थल च्यासलमा पर्चाको बिस्कुन [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/uml4_9Y7uabqSan.jpg)
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ ।
अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् । निर्वाचन शुरू हुनुअघि उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् । मत माग्ने क्रममा उनीहरूले पर्चाहरू पनि बाँडिरहेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलस्थित मतदान स्थलमा यत्रतत्र पर्चा फालिएका छन् । यत्रतत्र फालिएका पर्चाले एमाले अधिवेशन भड्किलो बन्दै गएको देखिन्छ । त्यसै पनि दुई दिनमा सकिने भनेको अधिवशेन पाँचसम्म जारी छ । अझै मतदानस्थलमा फालिएका पर्चाले अधिवेशन खर्चिलो भएको संकेत गर्छ ।


