![एमाले अधिवेशन: चर्को घाम छल्न छहारी खोज्दै प्रतिनिधि [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/uml3_s95oBXMs2P.jpg)
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ ।

अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् । निर्वाचन शुरू हुनुअघि उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् । मत माग्ने क्रममा उनीहरूले पर्चाहरू पनि बाँडिरहेका छन् ।

शुक्रबार चर्को घाममा प्रचार गरिरहेका उनीहरूले गर्मी छल्न रुखको छहारी खोज्न थालेका छन् । चर्को घामले सताएपछि उनीहरू केन्द्रीय कार्यालय च्यासलस्थित मतदान केन्द्रस्थलमा रुखको छहारीमुनि बसिरहेका छन् ।








