०८ साउन २०८३, शुक्रबार
प्रदेश अधिवेशन

एमाले प्रदेश अधिवेशन: दुई घण्टा ढिलोगरी शुरू भयो मतदान

असोज १२, २०८०
काठमाडौं
एमाले प्रदेश अधिवेशन: दुई घण्टा ढिलोगरी शुरू भयो मतदान

नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । 

यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान साढे ११ बजेलाई सरेको थियो । 

अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् । निर्वाचन शुरू हुनुअघि उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् । मत माग्ने क्रममा उनीहरूले पर्चाहरू पनि बाँडिरहेका छन् । 

शुक्रबार चर्को घाममा प्रचार गरिरहेका उनीहरूले गर्मी छल्न रुखको छहारी खोज्न थालेका छन् । चर्को घामले सताएपछि उनीहरू केन्द्रीय कार्यालय च्यासलस्थित मतदान  केन्द्रस्थलमा रुखको छहारीमुनि बसिरहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्