२१ जेठ २०८३, बिहीबार
चीनबाट फर्केपछि प्रचण्डको बोली

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्री प्रचण्डको चलाखीपूर्ण जवाफ– पहिल्यै कुरा भएको थियो

असोज १३, २०८०
काठमाडौं
चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्री प्रचण्डको चलाखीपूर्ण जवाफ– पहिल्यै कुरा भएको थियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढंगले कुरा हुने उनले बताए । 

एकसाता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिवार विमानस्थलमा पत्रकारले सोधेको एक प्रश्नमा प्रचण्डले नक्साबारे पहिल्यै कुरा भएको बताएका हुन् । ‘नक्साबारे पहिले नै हामीले कुरा गरेको थियौँ, समग्रमा चर्चा भएको छ, यो विषयमा आउने दिनमा अझ सकारात्मक ढंगले जानेछ’ प्रचण्डले भने । 

पहिल्यै कुरा भएको भनेर प्रधानमन्त्री प्रचण्डले दाबी गरे पनि चीनसँग औपचारिक कुराकानी भएको बाहिर आएको थिएन । बरु माओवादीकै नेताहरूले प्रचण्डको भ्रमणका क्रममा नक्साबारे कुरा हुने बताएका थिए । 

चार वर्षअघि नेपालले लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सालाई मान्यता नदिई नेपालको पुरानै नक्सा देखाएर चीनले नयाँ नक्सा जारी गरेको थियो । प्रचण्डको चीन भ्रमणअघि संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा यसबारे कुरा उठेको थियो । 

संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भदौ ३० गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका थिए । चीनमा उनले राष्टपति सी चिनफिङ, समकक्षी ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्