२१ जेठ २०८३, बिहीबार

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न

असोज १३, २०८०
काठमाडौं
रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुरिजम डे’को अवसरमा ‘रोयल इनफिल्ड हन्टर हेरिटेज राइड’ सम्पन्न गरेको हो ।

कम्पनीका अनुसार राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवारनेस प्रमोटिङ सिस्टमेटिक राइड कल्चर’ र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

असोज १३ गते बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट शुरू भएको राइड त्रिपुरेश्वर, कंलकी, स्वयम्भु भगवानपाऊ, छाउनी, भीमसेनथा, वसन्तपुर, दरबारमार्ग, घण्टाघर, शहीदगेट, त्रिपुरेश्वर, कुपनडोल, पाटनढोका,  पिम्बहाल,  मंगलबजार, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सानोठिमी हुँदै भक्तपुर दरबार स्क्वायरसम्मको रहेको थियो ।

बिहानको खाजा खाएपछि राइडरहरूको टोली भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्