०९ साउन २०८३, शनिबार
मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, कति पुग्यो ?

असोज १३, २०८०
काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढेको छ।  

मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ । 
शनिबार इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १ रुपैयाँ ३४ पैसा र ४ रुपैयाँ ८२ पैसा बढेर आएको निगमले जनाएको छ।  यस्तै हवाइ इन्धनको ६रुपैयाँ ५४ पैसा तथा एलपी ग्यासको १७३ रुपैयाँ ४५ पैसा बढेर आएको निगमको भनाइ छ । 
सोहीअनुसार स्वचालित मूल्य प्रणालीअनुसार परिवर्तिम मूल्यमा भ्याट समायोजन गरेर मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । यसअघि पनि निगमले पटक पटक मूल्य बढाइसकेको छ । 
 

null

salt training

कमेन्ट गर्नुहोस्