
सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।
उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अखबारका स्तम्भहरूका विश्व जगतले चिन्ने गर्छ ।
उनलाई अरब विश्वका धेरै शीर्ष साहित्यिक पुरस्कारहरूबाट सम्मानित गरिएको थियो ।
दमास्कसस्थित आफ्नै घरमा शनिबार उनको मृत्यु भएको पत्रकार यारुब अलिसाले पुष्टि गरे । दमास्कसस्थित अब्बासियन अस्पतालका चिकित्सकले उनको मृत्युको कारण हृदयाघात भएको बताएका छन् ।
खलिफाले सन् १९९० को दशकको सुरुमा धेरै लोकप्रिय सिरियाली टिभी शृङ्खलाहरूको लेखकको रूपमा ख्याति प्राप्त गरेका थिए ।
उनी सत्ताधारी बाथ पार्टी र अधिकारीहरूको आलोचना गर्ने कट्टर विरोधी स्तम्भकारको रूपमा चिनिन्थे ।