२९ जेठ २०८३, शुक्रबार

हृदयघातका कारण वडाध्यक्षको निधन

असोज १४, २०८०
सप्तरी
हृदयघातका कारण वडाध्यक्षको निधन

सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१  का वडाध्यक्षको आज निधन भएको छ ।

नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जानकारी दिए । 

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएको थिए ।  

हृदयघातका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित थिए । 

salt training

कमेन्ट गर्नुहोस्