कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ५० र सानो लोकलको ६० रुपैयाँ रहेको छ ।
यस्तै गोलभेँडा सानो भारतीयको भने प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । यस्तै आलु रातोको ५८, प्याज सुकेको (भारतीय) को ७७, बन्दा लोकलको ५५, लौकाको ५०, अनारको ४५०, केरा (दर्जन) को १६० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः
