२३ असार २०८३, मंगलबार

भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या

असोज १५, २०८०
काठमाडौं
भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या
प्रतिकात्मक तस्वीर

भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको दैनिक जागरणले जनाएको छ । समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो । 

आज बिहान उनीहरूबीच पुन: विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको समाचारमा उल्लेख छ । गोली लागेर एकै परिवारका ६ जनाको ज्यान गएको हो । 

एकै परिवारका ६ जनाको हत्या भएपछि गाउँमा सन्नाटा छाएको छ । अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्