२९ जेठ २०८३, शुक्रबार
राजधानीमा दिनदहाडै आक्रमण

काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार, कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद

घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै
असोज १५, २०८०
काठमाडौं
काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार, कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद

काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ ।

सोमवार बिहान करीब साढे ११ बजेको समयमा बाराका सवीर हुसेनमाथि छुरा प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले लोकान्तरलाई जानकारी दिए ।

छुरा प्रहारबाट घाइते भएका सवीरको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउन्ड गोली बरामद भएको एसएसपी खत्रीले बताए ।

कसले र किन छुरा प्रहार गरेको हो भन्ने खुलेको छैन । प्रहरीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति फरार छन् ।

'प्रारम्भिक रूपमा बुझ्दा विदेश पठाउनेसम्बन्धी विवाद हो कि भन्ने देखिएको छ,' एसएसपी खत्रीले भने, 'छुरी प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको छ ।'

घाइतेले आफूलाई रौतहटका नवल किशोर भन्ने व्यक्तिले छुरा प्रहार गरेको बताएको खत्रीले जानकारी दिए ।

*एक व्यक्तिमाथि छुरा प्रहार भएको हुनुपर्नेमा प्रारम्भिक जानकारीअनुसार गोली प्रहार भएको उल्लेख हुन गएकाले सच्च्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्