२७ असार २०८३, शनिबार

राजधानीको चन्द्रागिरीबाट घुससहित एक जना पक्राउ

असोज १५, २०८०
काठमाडौं
राजधानीको चन्द्रागिरीबाट घुससहित एक जना पक्राउ

 राजधानीको चन्द्रागिरीबाट घुससहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

 भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले पन्तलाई  २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोमबार सतुङ्गलबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्