०३ साउन २०८३, आइतबार

जसपा नेवाः संघको अध्यक्षमा बज्राचार्य

असोज १५, २०८०
काठमाडौं
जसपा नेवाः संघको अध्यक्षमा बज्राचार्य

जनता समाजवादी पार्टी (जसपा) नेपाल नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ । सोमबार काठमाडौँ खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट ज्ञानेन्द्र रत्न बज्राचार्यको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समितिको उपाध्यक्षमा खगेन्द्र बहादुर जोशी, लक्ष्मी देवी श्रेष्ठ, बेखामान अवाले, राजेशप्रसाद श्रेष्ठ र प्रभात सागर सिंह प्रधान, मुख्य सचिवमा नजर राम महर्जन, सह महासचिव सुरज महर्जन, सचिव आशा रत्न डंगोल, प्रफुल्ला श्रेष्ठ, ओमराज श्रेष्ठ, कोषाध्यक्ष अञ्जु मल्ल र सह कोषाध्यक्ष सुष्मा सिख्राकार रहेका छन् ।

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब २ दर्जन नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् । पार्टीका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले खादा ओढाएर नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । पार्टीको काठमाण्डौ जिल्ला अध्यक्ष अजित पुतुवारले कार्यक्रमको सभापतित्व गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्