२९ असार २०८३, सोमबार

भरतपुरमा विरुवा उखालेर फालेको आरोपमा एक महिला पक्राउ

असोज १५, २०८०
चितवन
भरतपुरमा विरुवा उखालेर फालेको आरोपमा एक महिला पक्राउ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
सोमबार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबार राति  सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै विरुवा उखेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा विरुवा रोपिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्