०५ साउन २०८३, मंगलबार
एसियाली खेलकुद

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए गायकवाडको विकेट

असोज १६, २०८०
काठमाडौं
भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए गायकवाडको विकेट
फाइल तस्वीर

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् । 

उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन् । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्