
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र १०० रुपैयाँमा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ। ग्राहकहरूले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सकिने कम्पनीले बताएको छ।
यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब कर सहित मात्र १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्। ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन्।
त्यस्तै, करसहित ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन्। यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ।
अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले जनाएको छ ।